२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

साउनदेखि नागढुंगा–नौबिसे सुरुङमार्गबाट सावारी गुड्ने

सुरुङमार्ग सञ्चालनको मोडालिटी बन्दै

Nada
छबि सापकोटा
२०८३ असार ८ गते १६:५५
Shares
साउनदेखि नागढुंगा–नौबिसे सुरुङमार्गबाट सावारी गुड्ने

काठमाडौं : नेपालकै पहिलो  सुरुङ मार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निमार्णको अन्तिम चरणमा छ । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोग निमार्ण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निमार्णको अन्तिम चरणमा पुगेको हो ।

ncell

काठमाडौं उपत्यका भित्रिने मुख्य नाकालाई सहज बनाउनका लागि बनाईएको सुरुङ मार्ग साउनको तेस्रो साताको अन्तिम समय सिमा राखेर निमार्ण कार्य तिब्र गतिमा भइरहेको छ । यो सुरुङमार्ग बनेपछि नौबिसे हुँदै काठमाडौं प्रवेश वा काठमाडौं हुँदै नौबिसे जाने  सवारीसाधन छोटो यात्राको बाटो खुल्नेछ । सुरुङमार्ग प्रयोग गर्दा काठमाडौंतर्फ आउँदा ३३ मिनेट र काठमाडौं बाहिर जाँदा २३ मिनेट  कम समय र जामको बस्नु पर्ने बाध्यता हट्नेछ ।

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ ।  सुरुङ मार्गमा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा ब्रिज र एउटा फ्लाइओभर रहेका छन् ।

त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडानको समेत काम सकिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपाल बताए । उनले आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग सञ्चालनमा ल्याउनेगरी तयारी भइरहेको भन्दै सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनसँग शुल्क उठाउने कम्पनीसँग सम्झौता भई तालिमसहित प्राविधिक काममा भइरहेको जानकारी दिए ।

‘सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालन गर्ने तयारीमा छौं । सुरुङमार्गभित्र उद्धार व्यवस्था, आपतकालिन अवस्थादेखि ‘लाइट’ एवं ‘भेन्टिलेसन’ को काम भइरहेको छ । उनले भने ‘ आयोजना सञ्चालनको लागि कर्मचारी छनोट समेत भइरहेको  छ । अबको एक महिनापछि सुरुङ मार्गबाट  यातायात सञ्चालन हुनेगरी नै काम गरिहरहेका छौं ।’

अहिलेसम्म आयोजनाको भौतिक प्रगति ९९ दशमलव पाँच प्रतिशत र वित्तीय प्रगति ९६ प्रतिशत  भएको छ । सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनका लागि आयोजना र सेवा प्रदायक युसिन–एआरटी जेभीबीच सम्झौता  भइरहेको उनले बताए ।

युसिन–एआरटी जेभीले आगामी पाँच वर्षसम्म सुरुङमार्ग सञ्चालन तथा मर्मतको औपचारिक रूपमा जिम्मा लिएको छ । सुरुङ मार्ग सुरु भएपछि दिनहुँ आठ हजार भन्दा बढी सावारी साधन आवत जावत गर्ने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर