२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

नेयमार मैदान फर्किन तयार, स्कटल्यान्डविरुद्ध उत्रिने

Nada
२०८३ असार १० गते १५:०४
Shares
नेयमार मैदान फर्किन तयार, स्कटल्यान्डविरुद्ध उत्रिने

काठमाडौं : ब्राजिलका स्टार फरवार्ड नेयमार विश्वकपको समूह चरण अन्तर्गत स्कटल्यान्डविरुद्धको निर्णायक खेलका लागि टोलीमा उपलब्ध हुने भएका छन् ।

ncell

प्रशिक्षक कार्लो अनसेलोट्टीले ३४ वर्षीय नेयमार फिट भएको पुष्टि गरेता पनि मियामी स्टेडियममा हुने उक्त खेलमा उनले सुरुवाती ११ मा स्थान पाउने वा नपाउने भन्नेबारे भने स्पष्ट पारेका छैनन् ।

पिँडुलाको चोटका कारण नेयमारले यसअघिका दुई खेल गुमाएका थिए । करिब तीन वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका उनले यस विश्वकपमा अहिलेसम्म मैदानमा उत्रिने मौका पाएका छैनन् ।

 प्रशिक्षक अनसेलोट्टीले नेयमारको पुनरागमनबाट टोली उत्साहित रहेको बताएका छन् । 'नेयमार उपलब्ध छन्, उनले यो हप्ता निकै मिहिनेतका साथ अभ्यास गरेका छन्,' अनसेलोट्टीले मंगलबार पत्रकारहरूसँग भने, 'उनको गुणस्तरले टोलीलाई ठुलो सहयोग पुग्नेछ । उनी मैदानमा नउत्रिए पनि उनको अनुभव र खेलप्रतिको बुझाइले युवा खेलाडीहरूलाई मद्दत गर्नेछ ।'

नेयमारले कति समय खेल्न सक्छन् भन्ने जिज्ञासामा प्रशिक्षकले ठट्टा गर्दै उनी 'हिँडेर ९० मिनेट नै खेल्न सक्ने' तर पूर्ण फिट रहेको बताए ।

ब्राजिलका लागि अर्का विङ्गर राफिन्हा भने चोटका कारण मैदान बाहिर रहने भएका छन् । ह्यामस्ट्रिङको समस्याका कारण उनी टोलीमा नहुने भएपछि अनसेलोट्टीले उनको स्थानमा कसलाई खुलाउने भन्नेबारे केही खुलाएका छैनन् ।

समूह 'सी' मा रहेको ब्राजिलले पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा हाइटीलाई ३-० ले पराजित गरेको थियो । स्कटल्यान्डविरुद्ध जित हात पारेमा ब्राजिल आधिकारिक रूपमा 'राउन्ड अफ ३२' मा पुग्नेछ ।

प्रशिक्षक अनसेलोट्टीले स्कटल्यान्डलाई एक जुझारु र संगठित टोलीको रूपमा चित्रण गरेका छन् । स्कट म्याकटोमिने र जोन म्यागिन जस्ता अनुभवी खेलाडी भएको स्कटल्यान्डविरुद्धको खेल कठिन हुने उनको अनुमान छ ।

ताजा खबर

सम्बन्धित खबर