
काठमाडौं : कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत झापा बिर्तामोडस्थित श्री दुर्गा माध्यमिक विद्यालयलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण गरेको छ ।
बैंकको शाखा कार्यालय बिर्तामोडमार्फत आयोजित कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले विद्यालयका प्रधानाध्यापक लक्ष्मण सापकोटालाई उक्त सामग्री हस्तान्तरण गरे ।
विद्यालयको दृष्टिविहीन छात्रावासका विद्यार्थीहरूको आवश्यकता सम्बोधन गर्ने उद्देश्यले बैंकले कुलर तथा ब्रेल पेपर उपलब्ध गराएको जनाएको छ । बैंकका अनुसार कुलरले गर्मी मौसममा छात्रावासभित्र सहज वातावरण सिर्जना गर्न मद्दत गर्नेछ भने ब्रेल पेपर दृष्टिविहीन विद्यार्थीहरूको पठनपाठनलाई थप प्रभावकारी बनाउन उपयोगी हुनेछ ।
सामग्री ग्रहण गर्दै प्रधानाध्यापक सापकोटाले बैंकप्रति आभार व्यक्त गर्दै यस सहयोगले दृष्टिविहीन विद्यार्थीहरूको अध्ययन तथा छात्रावास व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।