२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

अचेत अवस्थामा भेटिएका युवकको मृत्यु

ADV
लक्ष्मण यादव
२०८१ साउन २६ गते २१:३०
अचेत अवस्थामा भेटिएका युवकको मृत्यु

सर्लाही : सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ८ टाँडि टोलमा अरुको घरमा अचेत अवस्थामा भेटिएका युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दिपक श्रेष्ठका अनुसार सोही टोलका मुन्ना साह आफ्नो घरभन्दा ४ सय मिटरको दुरिमा रहेको शैलेन्द्र रामको परालको भुसा राख्ने खाली घरमा शनिबार अचेत अवस्थामा फेला परेका थिए ।

साहलाई बरहथवा बजारस्थित हनुमन्त हस्पिटलमा सामान्य उपचारपछि थप उपचारका लागि बरहथवा बजारकै नवजीवन हस्पिटलमा लगिएको थियो । तर उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतक साह आफ्नो प्रेमिकासँग भेट्न शुक्रबार नै उनको घरमा गएको हुनसक्ने आंशका गरिएको छ । प्रहरीले प्रेमिका बताउने युवतीलाई सोधपुछका लागि पक्राउ गरेको छ ।

मृतक साहको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौं पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise