२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

सिजी ब्रान्डको 'क्यान यु सल्भ द पजल' कन्टेस्टको विजेता घोषणा, नुवाकोटका श्याम रिजालले जिते एयर कुलर

Nada
२०८३ असार ११ गते १४:५६
Shares
सिजी ब्रान्डको 'क्यान यु सल्भ द पजल' कन्टेस्टको विजेता घोषणा, नुवाकोटका श्याम रिजालले जिते एयर कुलर

काठमाडौं : नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन गरेको 'क्यान यु सल्भ द पजल' नामक विशेष कन्टेस्टको विजेता घोषणा गरिएको छ ।

ncell

ग्राहकहरूसँगको अन्तरक्रियालाई अझ प्रगाढ बनाउन र मनोरञ्जन प्रदान गर्ने उद्देश्यले सञ्चालित यस रोमाञ्चक प्रतियोगितामा नुवाकोट निवासी श्याम रिजाल विजेता बन्न सफल भएका छन् ।

विजेता रिजाललाई सानेपास्थित सिजी इलेक्ट्रोनिक्सको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सिजी ब्रान्डका सेल्स म्यानेजर बद्रीनाथ रायले आकर्षक उपहार स्वरूप गर्मी मौसमका लागि अत्यन्तै उपयोगी 'सिजी ब्रिजर २२ एयर कुलर' हस्तान्तरण गरे ।

प्रतियोगितामा ग्राहकहरूको उत्साहजनक र व्यापक सहभागिता रहेको थियो, जसले सिजी ब्रान्डप्रतिको माया र विश्वासलाई पुन: प्रमाणित गरेको कम्पनीले जनाएको छ ।

'एक्स्पेरियन्स लाइफ विथ सिजी'को मूल नारालाई आत्मसात गर्दै आगामी दिनहरूमा पनि आफ्ना ग्राहकहरूको दैनिक जीवन सहज बनाउन र खुसी साट्न यस्तै रोमाञ्चक र आकर्षक प्रतियोगिताहरू ल्याइरहने प्रतिबद्धता सिजी ब्रान्डले व्यक्त गरेको छ ।

सिजीका उत्कृष्ट उपकरणहरू देशभर रहेका २१ वटा आधुनिक 'सिजी डिजिटल' सोरुमहरू, कम्पनीका आधिकारिक वेबसाइटहरू तथा नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सहजै खरिद गर्न सकिनेछ ।

ताजा खबर

सम्बन्धित खबर