
काठमाडौं : कुमारी बैंक र नेसनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टरबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई ल्याबबाट प्रदान गरिने विभिन्न परीक्षण सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौताअनुसार ल्याबबाट प्रदान गरिने सेवामा ग्राहकलाई १०५ सम्मको विशेष छुट प्रदान गरिनेछ ।
विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका २८६ शाखा सञ्जाल, ३०४ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ इकाइहरूमार्फत ग्राहकवर्गलाई सुरक्षित, भरपर्दो र उच्चस्तरीय सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ।
ग्राहकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै, बैंकद्वारा मेदान्त, इन्द्रप्रस्थ एपोलोलगायत देश तथा विदेशका प्रतिष्ठित अस्पतालसँग विशेष छुटसम्बन्धी सम्झौता सम्पन्न गरिएका छन्, जसले गुणस्तरीय स्वास्थ्य सेवामा सहज र प्रभावकारी पहुँच सुनिश्चित गरेको छ ।
बदलिँदो समयसँग समन्वय गर्दै, सेवामा निरन्तर सुधार र थप सुविधा विस्तार गर्नुपर्ने आवश्यकतालाई आत्मसात् गर्दै, बैंकले आगामी दिनमा अझ व्यापक र सुलभ सेवा सुनिश्चित गर्ने अठोट व्यक्त गरेको छ ।