
काठमाडौं : एनआइसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चाँगुनारायण नगरपालिका–८, भक्तपुरस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीहरूको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ स्मार्ट बोर्ड प्रदान गरेको छ ।
उक्त विद्यालयमा हाल प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्म ३७६ भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । एक कार्यक्रमका बीच बैंकका काठमाडौं इस्ट सर्कल हेड गणेश पौडेल र भक्तपुर शाखा प्रमुख ईश्वर जिसीले उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्जिप पुरीलाई स्मार्ट बोर्ड हस्तान्तरण गरेका हुन् ।
बैंकले उपलब्ध गराएको उक्त सहयोगले विद्यार्थीहरूको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।