काठमाडौं : नेपाली कला संस्कृतिलाई संसारभर फैलाउन आफ्नो क्षेत्रबाट अनवरत परिश्रम गरिरहेका एभरेष्ट कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइराला 'रामचन्द्र' अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् ।
दक्षिण कोरियाको छनान शहरमा आयोजना भैरहेको फेडरेशन अफ इन्टरनेशनल डान्स फेस्टिवल (एफआईढीएएफ) को १० औं वार्षिकोत्सव तथा जनरल कँग्रेसले विश्वका ८५ भन्दा बढी देशबाट प्रतिनिधित्व गर्ने सहभागी मध्येबाट नेपालको प्रतिनिधित्व कोइरालालाई फिडेफ बेष्ट एक्टिभिटी कन्ट्री अवार्डबाट सम्मान गरेको हो ।
करिब ३० वर्षदेखि नेपाली कला संस्कृतिका साथै विश्वकै कला संस्कृतिको सम्वर्द्धन तथा प्रवर्द्धन गर्दै आएका कोइराला विगत १० वर्षदेखि फिडेफको कार्यसमितिको उच्च पदमा रही काम गर्दै आएका छन् ।
कोइराला विश्वको कला संस्कृतिको सम्वर्द्धन तथा प्रवर्द्धन गर्न खेलेको भूमिकाको आधारमा उक्त अन्तर्राष्ट्रिय अवार्डबाट सम्मनित भएका हुन् ।
२४ वर्षअघि एभरेष्ट नेपाल कल्चरल ग्रुपको स्थापना गरी नेपाली कला सस्कृतिलाई विश्व जगतमा पुर्याउँदै आएका कोइराला फिडेफ लगायत विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थामा आवद्ध छन् ।
नेपालमा हुने एक मात्र अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला आयोजना गर्दै आएका कोइरालाले यो सम्मानले अझै आफुले केही गर्न बाँकी नै छ भन्ने जिम्मेवरी थपेको बताए । अन्तर्राष्ट्रिय मञ्चहरुमा बारम्बार सम्मान थापिरहने कोइराला आफुले नेपालमा गणतन्त्र आएपछि राष्ट्रले कुनै उच्च सम्मान नगरे पनि कुनै गुनासो नभएको बताउँछन् ।
'यहाँ देशको झण्डा बोक्नेलाई कसैले सम्मान गर्दैन, सम्मान पाउन पार्टीको झण्डा बोक्नु पर्ने रहेछ,' उनी भन्छन् ।
उनी अगाडि भन्छन्, ‘यदी कुनै पर्टीको झण्डा बोकेको भए हरेक वर्ष विभिन्न सम्मान विभुषणबाट सम्मानित हुने थिएँ, तर राष्ट्रको झण्डा बोक्नेलाई कसले सम्मान गर्छ र ?’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies