२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

मलेसियामा सुरक्षाका नाममा नयाँ बीमा कार्यक्रम

ADV
२०८१ साउन २७ गते ०६:३०
मलेसियामा सुरक्षाका नाममा नयाँ बीमा कार्यक्रम

काठमाडौं : मलेसिया सरकारले कामदारको सुरक्षाका लागि ‘प्रकेसो’ नामको नयाँ बीमा कार्यक्रम शुरु गरेको छ । रोजगारीको क्रममा जुनसुकै समयमा हुने चोट वा क्षतिबाट कामदारलाई राहत दिने उद्देश्यअनुसार लागू गरिएको उक्त बीमा कार्यक्रममा कामदारले मासिक तलबको शून्य दशमलव ५ प्रतिशत र रोजगारदाताले मासिक तलबको १ दशमलव ७५ प्रतिशत योगदान गर्नुपर्नेछ ।

जसअनुसार मासिक न्यूनतम १५ सय रिंगेट तलब पाउने कामदारले मासिक ७ रिंगेट अर्थात वार्षिक ८४ रिंगेट र रोजगारदाताबाट २५ रिंगेट भुक्तानी गर्नुपर्नेछ । यस कार्यक्रमले रोजगारीको क्रममा चौबिसै घण्टा जहाँ जुन अवस्थामा चोटपटक लागे पनि कभर गर्ने बताइएको छ । यसले घाइते वा निको हुन सक्ने रोग लागेका कामदारलाई काममा चाँडै, स्वस्थ र सुरक्षितरुपमा फर्कन मद्दत पुर्‍याउने मलेसियाका सरकारी अघिकारीहरुले बताएका छन् ।

केही रोजगारदाताहरुले सरकारले अगाडि सारेको योजनाले उत्पादनको लागत बढाउने भन्दै असन्तुष्टि जनाएको मलेसियाका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । मलेसियामा पछिल्लो विवरणअनुसार २३ लाखभन्दा बढी विदेशी कामदार रहेका छन् ।  

मलेसियामा औद्योगिक, निर्माण, सेवा, वृक्षारोपण, कृषि, घरेलु काम र खानी तथा उत्खनन क्षेत्रमा २३ लाख ७ हजार ७ सय ४६ विदेशी कामदार रहेको मलेसियाको मानव संशाधन मन्त्रालयले जनाएको छ ।

त्यसमध्ये औद्योगिक क्षेत्रमा सबैभन्दा बढी ७ लाख ३० हजार ९ सय ९९, निर्माण क्षेत्रमा ६ लाख ४६ हजार ५ सय ८, सेवा क्षेत्रमा ३ लाख ९४ हजार ७ सय ३९, वृक्षारोपण अर्थात प्लान्टेशन क्षेत्रमा २ लाख ६३ हजार १ सय ५१, कृषि क्षेत्रमा १ लाख ७१ हजार १ सय ३ तथा घरेलु कामदारमा १ लाख ६ सय ७५ विदेशी कामदार रहेका छन्  ।

अध्यागमन विभागका अनुसार गत जुलाई ११ सम्म १९ हजार ९ हजार ३४ कम्पनीले विदेशी कामदार लगेका छन् । मे ३१ यता नयाँ कामदारको एप्रुभल रोकिएको छ । नयाँ कामदार नगएका कारण कतिपय पुराना कामदारले करार अवधि सकिएपछि पनि अनिच्छापूर्वक कम्पनीमा काम गर्नुपरेको गुनासो गरेका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise