काठमाडौं : नेपालले मैत्रीपूर्ण खेलमा बंगलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मंगलबार बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको हो ।
नेपालको जितमा अन्जन विष्ट नायक बने । उनको ह्याट्रिकमा नेपालले सहज जित निकालेको हो ।
बंगलादेशका सजाद होसेनले एक गोल फर्काए । नेपालले खेलको १८ औं मिनेटमा अन्जनको गोलबाट सुरुआती बनाएको थियो । विमल घर्तिमगरको फ्रिकिकमा अन्जनले हेडरमार्फत गोल गरेका हुन् । २७ औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । ३८ औं मिनेटमा अन्जनले ह्याट्रिक पूरा गर्दै नेपाललाई ३–० को अग्रता दिलाए ।
खेलको ५५ औं मिनेटमा सजाद होसेनले गोल गर्दै बंगलादेशलाई ३–१ को स्थितिमा ल्याए । त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र नेपाल ३–१ ले विजयी भयो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies