२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

उदयपुरमा जंगली हात्तीको आतंक : एक दर्जन घर भत्काए, १६ लाख बढीको क्षति

Nada
बिन्द्र राई
२०८३ असार १५ गते १५:१९
Shares
उदयपुरमा जंगली हात्तीको आतंक : एक दर्जन घर भत्काए, १६ लाख बढीको क्षति

उदयपुर : उदयपुरको विभिन्न भूभागमा जंगली हात्तीको आतंक बढेसँगै ठुलो मात्रामा भौतिक क्षति भएको छ । असार १३ र १४ गते चौढण्डीगढी नगरपालिकाका विभिन्न वडामा हात्तीले जनधनको क्षति पुर्याएको हो ।

ncell

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार चौढण्डीगढी नगरपालिका वडा नं. ४ र ७ स्थित लामाचौरी लगायतका स्थानमा हात्तीले विध्वंश मच्चाएको छ । हात्तीको समूहले स्थानीय बासिन्दाका करिब एक दर्जन घर भत्काउनुका साथै घरभित्र राखिएको अन्नपात, लत्ताकपडा र खेतबारीको बालीनाली पूर्ण रूपमा नष्ट गरेको छ । प्रारम्भिक अनुमान अनुसार यस क्षेत्रमा १६ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

हात्ती आतंकपछि इलाका प्रहरी कार्यालय बेल्टार र प्रहरी चौकी बसाहाबाट प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा हात्तीहरूलाई सुरक्षित रूपमा जंगलतर्फ लखेटिएको छ । हात्तीको आक्रमणबाट मानवीय क्षति नभए पनि घरबार विहीन भएका परिवारहरू समस्यामा परेका छन् ।

सम्बन्धित खबर