२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

लागुऔषधसहित दुई जना पक्राउ

Nada
बिन्द्र राई
२०८३ असार १५ गते १७:०६
Shares
लागुऔषधसहित दुई जना पक्राउ

उदयपुर : उदयपुरमा प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

ncell

प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा त्रियुगा नगरपालिका ६ लालपत्ताबाट आइतबार प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

लहानबाट गाईघाटतर्फ आउँदै गरेको स २ प ७८७९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक त्रियुगा नगरपालिका ५ बस्ने २१ वर्षीय दीपक राज पोखरेल र पछाडि सवार २५ वर्षीय पुरन मगरलाई प्रतिबन्धित लागुऔषध ओपिडोल ४९० क्याप्सुल र स्पास्पेन ४९० क्याप्सुल गरी जम्मा ९८० क्याप्सुलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित खबर