२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

उदयपुरमा ट्रक र मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु, चालक गम्भीर घाइते

Nada
बिन्द्र राई
२०८३ असार १८ गते २१:३८
Shares
उदयपुरमा ट्रक र मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु, चालक गम्भीर घाइते

उदयपुर : उदयपुरमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । 

ncell

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बिहीबार उदयपुरगढी गाउँपालिका–७ फुस्रेस्थित मदन भण्डारी लोकमार्गमा गाईघाटबाट कटारीतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो । 

दुर्घटनामा मोटरसाइकल चालक उदयपुरगढी गाउँपालिका–३ निवासी अन्दाजी २८ वर्षीय एम बहादुर विक घाइते भएका छन् ।

उनको जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती अन्दाजी २८ वर्षीया एमुना वि.क गम्भीर घाइते भएकी थिइन् ।  उपचारका लागि जिल्ला अस्पताल उदयपुर पु¥याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि अस्थायी प्रहरी पोस्ट नेपालटार र चुहाडेबाट खटिएको प्रहरी टोलीले ट्रक चालक सप्तरीको सुरुंगा नगरपालिका–१ निवासी अन्दाजी ४४ वर्षीय एकबहादुर खड्कालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
 

सम्बन्धित खबर