२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

अध्यक्ष नेपालसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट

Nada
२०८१ साउन २८ गते १७:४२
Shares
अध्यक्ष नेपालसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । नेपाल भ्रमणमा रहनुभएका मिस्रीले कोटेश्वरस्थित अध्यक्ष नेपाल निजी निवास पुगेर आज भेट गरेका हुन् ।

ncell

भेटमा द्विपक्षीय हित, सांस्कृतिक सम्बन्ध र विकासलगायत क्षेत्रमा थप सहकार्य गर्ने विषयमा छलफल भएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

यसअघि सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकलगायतसँग शिष्टाचार भेट गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर