२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

रौतहटमा खुकुरी प्रहारबाट महिलाको मृत्यु, अनुसन्धान जारी

Nada
२०८३ साउन ८ गते १३:५०
Shares
रौतहटमा खुकुरी प्रहारबाट महिलाको मृत्यु, अनुसन्धान जारी

काठमाडौँ : रौतहटको गुजरा नगरपालिका-५ हरिहरपुर टोलमा शुक्रबार बिहान खुकुरी प्रहारबाट एक महिलाको मृत्यु भएको छ ।

ncell

जिल्ला प्रहरीका अनुसार बिहान करिब १०:३० बजे स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४०-४५ वर्षीया रेनुदेवी जयसवालमाथि धारिलो हतियार प्रहार भएको थियो । घटनामा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाराको करैयामाई गाउँपालिका-८ इटहर बेलाही टोल स्थायी घर भई हाल गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा बसोबास गर्दै आएका अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवारमाथि आक्रमण गरेको आरोप छ ।

घटनापछि आक्रोशित स्थानीयवासीले उपेन्द्रमाथि कुटपिट गरेका थिए । गम्भीर घाइते भएका उनको चन्द्रपुर अस्पताल, चन्द्रनिगाहपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाको कारण खुल्न बाँकी रहेको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाइएको छ ।

uae

ताजा खबर

सम्बन्धित खबर