२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

आजदेखि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ हुँदै

Nada
२०८१ साउन २९ गते ११:३१
Shares
आजदेखि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ हुँदै

काठमाडौं । आजबाट विभिन्न १८ देशमा नियुक्तिका लागि सिफारिस भएका राजदूतको संसदीय सुनुवाइ शुरू हुँदै छ ।  

ncell

दिउँसो सवा १२ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ शुरू गर्ने कार्यसूची रहेको छ । 

सरकारले शंकर प्रसाद शर्मालाई भारत, नरेशविक्रम ढकाललाई साउदी अरब, प्रा डा कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, प्रा. धनप्रसाद पण्डितलाई इजरायल, रामकृष्ण भट्टराईलाई श्रीलङ्का, सनिल नेपाललाई स्पेन, शैल रुपाखेतीलाई जर्मनी, लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिका, चन्द्रकुमार घिमिरेलाई बेलायत, डा. शिवमाया तुम्बाहाङ्फेलाई दक्षिण कोरिया, जङ्गबहादुर चौहानलाई रुस, रमेशचन्द्र पौडेललाई कतार, प्राडा कृष्णप्रसाद ओलीलाई चीन, सुम्निमा तुलाधरलाई डेनमार्क, डा. नेत्रप्रसाद तिमल्सिनालाई मलेसिया, प्रकाशमणि पौडेललाई पोर्चुगल र रीता धिताललाई पाकिस्तानका लागि राजदूतमा सिफारिस गरेको थियो ।

साउन १४ गतेको मन्त्रिपरिषद्को बैठकले १८ देशमा राजदूत सिफारिस गरेको थियो । संसदीय सुनुवाइका लागि पठाइएको सूचीमा अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत कान्ता रिजालको नाम भने समावेश छैन ।

ताजा खबर

सम्बन्धित खबर