२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

पार्टी कार्यालय र नेताको निवास भरोसाको केन्द्र बन्नुपर्छ : योगेश भट्टराई

Nada
२०८३ साउन २० गते १३:२२
Shares
पार्टी कार्यालय र नेताको निवास भरोसाको केन्द्र बन्नुपर्छ : योगेश भट्टराई

काठमाडौँ : नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टी कार्यालय र नेताहरूका निवासलाई कार्यकर्ता तथा शुभेच्छुकका लागि विश्वास, आत्मीयता र संवादको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

ncell

एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुन्डु निवासमा बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया बेहोस भएको घटनापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भट्टराईले पार्टी नेतृत्वसँग जोडिएका स्थानहरू खुला संवाद, आपसी विश्वास र आत्मीय सम्बन्ध सुदृढ गर्ने थलो हुनुपर्ने धारणा व्यक्त गरेका हुन् ।

उनले पार्टी कार्यालय र नेताहरूका निवासमा कार्यकर्ताले आफ्ना सुख-दुःख बाँड्न सक्ने, पारिवारिक तथा कमरेडली वातावरणमा छलफल गर्न सक्ने अवस्था निर्माण हुनुपर्ने उल्लेख गरेका छन् ।

भट्टराईले यस्ता स्थानले संगठनभित्र विश्वास र अपनत्वको भावना मजबुत बनाउने भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै कठिन परिस्थितिमा कार्यकर्ताले सहज रूपमा पुग्न सक्ने वातावरण कायम हुन आवश्यक रहेको बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर