२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

नेप्से १३ अंकले घट्यो, कारोबार रकम भने बढ्यो

Nada
२०८३ साउन २१ गते १५:५१
Shares
नेप्से १३ अंकले घट्यो, कारोबार रकम भने बढ्यो

काठमाडौँ : साताको कारोबारको अन्तिम दिन बिहीबार धितोपत्र बजार परिसूचक नेप्सेमा गिरावट आएको छ। कारोबार अवधिभर दबाबमा रहेको बजार अन्त्यमा १३.८२ अंकले घट्दै २ हजार ६५४ अंकको विन्दुमा सीमित भएको हो ।

ncell

बिहीबार कारोबार भएका कम्पनीमध्ये ६४ वटाको सेयर मूल्य वृद्धि भएको छ भने २०२ कम्पनीको मूल्य घटेको छ। यस्तै, १० कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।

बजारमा गिरावट आए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही सुधारिएको छ। बिहीबार कुल ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार कारोबार रकम ४ अर्ब ४० करोड रुपैयाँ रहेको थियो ।

समूहगत परिसूचकतर्फ व्यापार समूहबाहेक अन्य सबै समूह ओरालो लागेका छन्। बजारमा बिक्री चाप बढ्दा अधिकांश उपसमूहका सूचक नकारात्मक देखिएका हुन् ।
 

ताजा खबर

सम्बन्धित खबर