२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

याडिया नेपालद्वारा तीन स्मार्ट इलेक्ट्रिक स्कुटर सार्वजनिक, विशेष छुटको व्यवस्था

Nada
२०८३ साउन २१ गते १७:५६
Shares
याडिया नेपालद्वारा तीन स्मार्ट इलेक्ट्रिक स्कुटर सार्वजनिक, विशेष छुटको व्यवस्था

काठमाडौं : नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रा.लि.ले नयाँ पुस्ताका याडिया जिएस७०, जिटी७० र जिटी८० विद्युतीय स्कुटरहरू औपचारिक रूपमा सार्वजनिक गरेको छ । आधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता तथा नेपाली उपभोक्ताको बदलिँदो आवश्यकतालाई ध्यानमा राखेर यी स्कुटरहरू बजारमा ल्याइएको र यसले नेपालमा स्मार्ट विद्युतीय गतिशीलताको नयाँ अध्याय सुरु गर्ने कम्पनीले विश्वास लिएको छ ।

ncell

याडियाले नवीन प्रविधि र दिगो यातायात समाधानमार्फत नेपाली बजारमा आफ्नो उपस्थिति सुदृढ बनाउँदै लगेको छ ।

याडिया जिएस७० (स्मार्ट दैनिक सहयात्री) : दैनिक सहरी यात्रालाई सहज र किफायती बनाउन डिजाइन गरिएको यस स्कुटरमा २.१ किलोवाट आवर एलएफपी ब्याट्री र २.८ किलोवाट पीक मोटर जडान गरिएको छ । यसले एक पटकको पूर्ण चार्जमा १०५ किलोमिटरसम्मको यात्रा सुरक्षित गर्दछ ।

याडिया जिटी७० (लामो दूरीका लागि तयार) : लामो दूरी यात्रा गर्ने ग्राहकका लागि उपयुक्त यस स्कुटरमा ५.७ किलोवाट आवरको डुअल एलएफपी ब्याट्री प्रणाली (३.६ किलोवाट आवर फिक्स र २.१ किलोवाट आवर निकाल्न मिल्ने ब्याट्री) तथा ३.७ किलोवाट पीक मोटर रहेको छ । यसले २२० किलोमिटरसम्म यात्रा गर्न सक्ने उत्कृष्ट क्षमता प्रदान गर्दछ ।

याडिया जिटी८० (प्रिमियम प्रदर्शन) : याडियाको प्रिमियम सेग्मेन्ट अन्तर्गतको यस स्कुटरमा ३.६ किलोवाट आवरको लिथियम ब्याट्री र ५ किलोवाट पीक मोटर राखिएको छ । यो स्कुटरले ८० किलोमिटर प्रतिघण्टाको उच्च गति र १५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ ।

नयाँ याडिया सिरिजका स्कुटरहरूमा यात्रालाई सहज बनाउन ब्लुटुथ कनेक्टिभिटी, टीएफटी स्मार्ट डिस्प्ले, मोबाइल नेभिगेसन मिररिङ, याडिया स्मार्ट एप कनेक्टिभिटी, पाँचजनासम्म प्रयोग गर्न मिल्ने फेमिली सेयरिङ सुविधा र स्मार्ट किलेस प्रणाली जस्ता उत्कृष्ट स्मार्ट फिचरहरू समावेश गरिएका छन् ।

त्यस्तै, विभिन्न सडक तथा भौगोलिक अवस्थाहरूमा उत्कृष्ट नियन्त्रण र सुरक्षित यात्रा सुनिश्चित गर्नका लागि तीनै मोडेलमा ट्रयाक्सन कन्ट्रोल सिस्टम, क्रुज कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल र डुअल डिस्क ब्रेकिङ सिस्टम जस्ता आधुनिक सुरक्षा सुविधाहरू प्रदान गरिएको छ ।

याडियाले नयाँ जिएस७०, जिटी७० र जिटी८० स्कुटरहरूमा ३ वर्ष वा ५०,००० किलोमिटरसम्मको ब्याट्री वारेन्टी प्रदान गरेको छ, जसले ग्राहकहरूलाई दीर्घकालीन रूपमा मानसिक सन्तुष्टि दिनेछ । हाल यी स्कुटरहरू नेपालभर रहेका २० वटा आधिकारिक डिलरसिपमार्फत उपलब्ध छन् ।

नयाँ मोडेल सार्वजनिक गरिएको अवसरमा कुजु नेपाल प्रा.लि.ले नाइमा अटो सो नसकिँदासम्मका लागि तीनै मोडेलमा १०,००० रुपैयाँको विशेष छुट अफर समेत ल्याएको छ । इच्छुक ग्राहकहरूले टंगाल, काठमाडौंमा रहेको सोरुम वा आफ्नो नजिकैको डिलरमा गएर टेस्ट राइड लिन र अवलोकन गर्न सक्नेछन् ।

ताजा खबर

सम्बन्धित खबर