२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

एक्स्पोमा पाइन्छ विशेष छुट, अफर र प्याकेज : राजकुमार दुलाल

Nada
२०८३ साउन २२ गते ०६:३५
Shares
एक्स्पोमा पाइन्छ विशेष छुट, अफर र प्याकेज : राजकुमार दुलाल

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनमा दोस्रो संस्करणको ‘नेपाल मोबिलिटी एक्स्पो २०२६’साउन २६ गतेदेखि सुरु हुँदै छ । ६ दिनसम्म चल्ने एक्स्पोलाई अटो क्षेत्रको हबको रूपमा हेरिएको छ । अटो क्षेत्रलाई चलायमान बनाउने एक्स्पोको तयारी अन्तिम चरणमा छ । प्रदर्शनीस्थलमा स्टल, संरचनागत निर्माण तीव्र रूपमा भइरहेको छ । सहभागी कम्पनीहरूले आफ्ना स्टल तयार गर्न थालेका छन् । यस्तै, सन्दर्भमा नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालसँग मध्यान्हका छबि सापकोटाले गरेको कुराकानी :

ncell

‘नेपाल मोबिलिटी एक्स्पो २०२६’ले अटो क्षेत्रलाई के फाइदा हुन्छ ? 

नेपालका प्रमुख सवारीसाधन आयातकर्ता तथा उत्पादक कम्पनीहरूको साझा संस्था हो नाइमा । नाइमाले आयोजना गरेको यस एक्सपोमा दुईपांग्रे, चारपांग्रे तथा कमर्सियल सवारीसाधनको प्रदर्शनी हुन्छ । त्यसैले सवारीसाधनसम्बन्धी सबैभन्दा विशिष्ट र केन्द्रित प्रदर्शनीका रूपमा यसलाई लिन सकिन्छ । एउटै छानामुनि धेरै ब्रान्ड र विकल्प उपलब्ध हुने भएकाले ग्राहकलाई आफ्नो आवश्यकताअनुसारको सवारीसाधन छनोट गर्न सहज हुन्छ । अटो बजारलाई नयाँ ढंगबाट अगाडि ल्याउन सहयोग गर्छ । यो नेपालको सबैभन्दा ठुलो मोबिलिटी प्रदर्शनी हुनेछ । एउटै स्थानमा २६ वटा प्यासेन्जर कार ब्रान्ड, १८ वटा दुईपांग्रे ब्रान्ड, ८ वटा कमर्सियल भेहिकल ब्रान्ड सहभागी हुनेछन् । साथै, ४० वटा नयाँ मोडल लन्च हुँदै छन् । त्यसैले सवारीसाधन खरिद गर्न चाहने वा नयाँ प्रविधिबारे जान्न चाहने सबैका लागि यो उत्कृष्ट अवसर हुनेछ ।

दोस्रो संस्करणको एक्स्पोप्रति सहभागी कम्पनीहरूको उत्साह कस्तो छ ? 

पहिलो संस्करणबाट अत्यन्त सकारात्मक प्रतिक्रिया आएकोले यो दोस्रो संस्करण अझै महत्वपूर्ण तथा ऐतिहासिक नै हुनेछ । पहिलोको अनुभवबाट सिक्दै यसपटक एक्स्पोलाई अझ व्यवस्थित र प्रभावकारी बनाएका छौं । त्यसैले  सहभागी कम्पनीहरू निकै उत्साहित छन् । अटो कम्पनीहरूले एक्स्पोमा विशेष छुट, आकर्षक अफर र विभिन्न प्याकेजको तयारीमा जुट्नुभएको छ । 
 
विदेशी कम्पनीका प्रतिनिधि पनि सहभागी हुँदै छन् ? 

ब्रान्ड प्रमोसनका लागि बिदेशी कम्पनीका आउँदै हुनुहुन्छ । ४० नयाँ ब्रान्ड लन्च हुने हुँदा अन्तर्राष्ट्रिय प्रतिनिधिहरू एक्स्पोका लागि आउन थाल्नुभएको छ । यसपटक ५५ वटा ब्रान्ड सहभागी हुँदै छन् । साथै, लर्निङ सेसनका समेत योपटक विशेष हुँदै छ । एक्स्पो अवधिभर लर्निङ सेसन हुनेछ । पहिलो पाँच दिन दिउँसो २ बजेदेखि ५ बजेसम्म र अन्तिम दिन साढे १२ बजेदेखि २ बजेसम्म कार्यक्रम हुनेछ । लर्निङ सेसनमा बैंकर अनिलकेशरी शाह, सञ्चारकर्मी टीकाराम यात्री, सञ्जय सिलवाल गुप्तालगायत व्यक्तित्वहरूले सहजीकरण गर्ने कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, प्रशासक र नीति निर्माता प्यानलिस्टका रूपमा सहभागी हुनेछन् । गत वर्ष पाँच दिनका लागि आयोजना गरिएको एक्स्पो अत्यधिक भिडका कारण ६ दिनसम्म विस्तार गर्नुपरेको थियो । यस वर्ष सुरुदेखि नै छ दिनको कार्यक्रम राखिएको छ । हाम्रो अनुमानमा करिब डेढ लाख दर्शकले एक्स्पो भ्रमण गर्नेछन् । 

अटोमोबाइल क्षेत्रको विकासका लागि सरकारले कस्ता नीति ल्याउनुपर्छ ?

सबैभन्दा आवश्यक कुरा भनेको स्थिर नीति नै हो । जसले व्यवसायीलाई दीर्घकालीन योजना बनाउन सक्ने वातावरण बनाउँछ । नाइमाको अवधारण नै मोबिलिटी फर अल सफल बनाउन सबै प्रकारका सवारीसाधनमा ८० प्रतिशतसम्म ऋण सुविधा उपलब्ध गराउने नीति आवश्यक छ । साथै, सरकारले सडक तथा अन्य भौतिक पूर्वाधारमा लगानी बढाउनुपर्छ । सहज बैंकिङ सुविधा, पर्याप्त पूर्वाधार र अनुकूल नीति भएमा धेरै नागरिकले सवारीसाधन खरिद गर्न सक्ने वातावरण बन्छ । सरकारले नीतिलाई समय सापेक्ष बनाउने हो भने अटो क्षेत्रले राज्य तथा नागरिकलाई ठुलो फाइदा दिन सक्छ । 

ताजा खबर

सम्बन्धित खबर