२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

अटो क्षेत्रलाई प्रोत्साहन आवश्यक : ऋतु सिंह वैद्य

Nada
२०८३ साउन २२ गते ०६:३५
Shares
अटो क्षेत्रलाई प्रोत्साहन आवश्यक : ऋतु सिंह वैद्य

अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को स्थापनासँगै अटो व्यवसायीबीच सफल नेतृत्वका रूपमा ऋतु सिंह वैद्यलाई लिइन्छ । अध्यक्षका रूपमा अटो अर्थतन्त्रलाई थप बलियो बनाउने जस वैद्यलाई जान्छ । पहिलो संस्करणको ‘नेपाल मोबिलिटी एक्स्पो’लाई सफल बनाएपछि दोस्रो संकरणको एक्स्पोको तयारीमा छिन्, अध्यक्ष वैद्य । दोस्रो संकरणको नेपाल मोबिलिटी एक्स्पोलाई अन्तिम चरणमा रहेको वैद्यसँग गरिएको कुराकानी :

ncell

नेपालको अटोमोबाइल क्षेत्रलाई कसरी हेर्नुभएको छ  ?

नेपालको अटोमोबाइलले अर्थतन्त्रलाई नै चलायमान गराइरहेको छ । पछिल्लो समय विद्युतीय सवारीसाधन प्रयोग नेपालमा बढ्दा अटो क्षेत्र गुल्जार बन्दै गएको छ । इभी आयातमा देखिएको उत्साहले अटोमोबाइल क्षेत्र चलायमान भएको छ । विद्युतीय सवारीमा भन्सार महसुल छुटमार्फत सरकारले दिएको प्रोत्साहनले अटो व्यवसाय विस्तारको गति बढेको हो । बदलिँदो प्रविधि र बजारको आवश्यकता अटो क्षेत्रको निरन्तर विकास भइरहेको छ । 

हाम्रो अटो नीतिलाई कसरी हेर्नुभएको छ ? 

एउटा नीतिगत परिवर्तनले अटोमोबाइल उद्योगमा ठुलो प्रभाव पर्छ । भन्सार छुटदेखि बैंकले लिने अटो लोन नीतिले व्यपारमा प्रभाव पार्छ । दीर्घकालीन नीतिगत स्थिरता अटो क्षेत्रको लागि महत्वपूर्ण छ । नेपालले अब विद्युतीय सवारीसाधनतर्फ जाने नीतिले अटो क्षेत्रलाई प्रोत्साहन गरिरहेको छ । 

सरकार र निजी क्षेत्रको भूमिका कस्तो हुनुपर्छ ? 

निजी क्षेत्र र सरकार एक भए मात्र आर्थिक समृद्धिका मुलुक जान सक्छ । हामीले सरकारलाई सहयोग गर्ने र सरकारले बनाउने नीति उद्योगी व्यवसायीमैत्री भए मुलुकको अर्थतन्त्र नयाँ ढंगबाट अघि बढ्छ । सरकारको राजस्व संकलन र यातायातको प्रवर्धन गर्ने दृष्टिकोण हुने हो भने यातायात क्षेत्र उत्कृष्ट बनाउन सकिन्छ । 

अब सरकारले पूर्वाधार निमार्णतर्फ काम गर्न धेरै बाँकी छ । सवारीसाधनको आयात बढ्दा राजस्वमा ठुलो योगदान अटो क्षेत्रले दिएको छ । सवारीसाधनबाट हाइब्रिडमा, हाइब्रिडबाट इभीमा र बढ्दो रूपमा हाइड्रोजन र अन्य प्रविधिदेखि उड्ने सवारीसाधनतर्फ गइरहेका छन् । त्यसैले सरकारले लिने नीतिले नै अटो क्षेत्र अगाडि बढ्छ ।

ताजा खबर

सम्बन्धित खबर