२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

फुटबलर आशिष राईको उपचारका लागि करिब १२ लाख रुपैयाँ सहयोग संकलन

Nada
तिलोचन गौतम
२०८३ साउन २२ गते २०:५९
Shares
फुटबलर आशिष राईको उपचारका लागि करिब १२ लाख रुपैयाँ सहयोग संकलन

मलेसिया : मलेसियामा सक्रिय एन पेनाङ एफसीको पहलमा नेपाली फुटबलर आशिष राईको उपचारका लागि उल्लेखनीय आर्थिक सहयोग जुटाइएको छ । क्लबले सञ्चालन गरेको परोपकारी अभियानमार्फत २१ हजार १४४ मलेसियन रिंगिट (करिब ७ लाख ८४ हजार १६१ रुपैयाँ) संकलन भएको जनाएको छ ।

ncell

आशिषको उपचार खर्च जुटाउने उद्देश्यले पेनाङमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिज तथा भेटेरान्स मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो। उक्त प्रतियोगितामा हिमालयन एफसी, एन पेनाङ एफसी र अष्ट्रेलियास्थित नेपबोर्न एफसीले सहभागिता जनाएका थिए ।

अभियानप्रति ऐक्यबद्धता जनाउँदै नेपबोर्न एफसीले थप ४ लाख रुपैयाँ सहयोग प्रदान गरेपछि कुल संकलित रकम ११ लाख ८४ हजार १६१ रुपैयाँ पुगेको छ ।

नेपाल यु–२३ राष्ट्रिय टोलीका खेलाडी आशिष राई गत वर्ष चिनियाँ टोलीविरुद्धको मैत्रीपूर्ण खेलका क्रममा गम्भीर घाइते भएका थिए । हाल उनको थाइल्याण्डमा उपचार भइरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर