२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

अग्रगामी मोर्चा गठन, जनार्दन र सन्तोषसहित मधेश केन्द्रित दल एकै ठाउँमा

Nada
२०८३ साउन २३ गते १४:३१
Shares
अग्रगामी मोर्चा गठन, जनार्दन र सन्तोषसहित मधेश केन्द्रित दल एकै ठाउँमा

काठमाडौँ । आठ राजनीतिक दलले संविधान संशोधन, संघीयता सुदृढीकरण, सामाजिक न्याय र समावेशी लोकतन्त्रलाई मुख्य एजेन्डा बनाउँदै ‘अग्रगामी मोर्चा’ गठन गरेका छन्।

ncell

जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, र खम्बुवान राष्ट्रिय मोर्चाले संयुक्त रूपमा एक अवधारणा-पत्र जारी गर्दै मोर्चाको घोषणा गरेका हुन्।

मोर्चाले संघीयता कार्यान्वयन प्रभावकारी बनाउन तथा संविधानका संरचनात्मक समस्या समाधान गर्न संविधान संशोधन आवश्यक रहेको जनाएको छ ।

आठ दलले संविधान संशोधन, संघीयता सुदृढीकरण, सामाजिक न्याय र समावेशी लोकतन्त्रलाई मुख्य एजेन्डा बनाउँदै ‘अग्रगामी मोर्चा’ गठन हो । मोर्चाले सीमान्तकृत समुदायको समानुपातिक प्रतिनिधित्व, आर्थिक विकास, युवा रोजगारी र सुशासनमा जोड दिएको छ । साथै संविधान संशोधनमार्फत संघीयता र प्रतिनिधित्वका समस्या समाधान गर्ने जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर