२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

देउवाको स्वदेश फर्किने तालिका परिवर्तन, साउन २८ गते काठमाडौँ आइपुग्ने

Nada
२०८३ साउन २३ गते १७:१५
Shares
देउवाको स्वदेश फर्किने तालिका परिवर्तन, साउन २८ गते काठमाडौँ आइपुग्ने

काठमाडौँ : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने कार्यतालिका परिवर्तन भएको छ ।

ncell

साउन २६ गते राति काठमाडौँ फर्किने तय भए पनि उनी आगामी बिहीबार साउन २८ गते दिउँसो साढे १२ बजे काठमाडौँ आइपुग्ने भएका हुन् ।

साउन २६ गते राति पौने १० बजे काठमाडौँ अवतरण हुने तालिका भए पनि रातिको समयमा विमानस्थलमा स्वागत गर्न कठिन हुने भएकाले समर्थकको आग्रहमा उडानको समय परिवर्तन गरिएको बताइएको छ ।

देउवा बिहीबार थाई एयरवेजको विमानमार्फत काठमाडौँ आउने जनाइएको छ । गत भदौमा भएको जेन जेड आन्दोलनका क्रममा घाइते भएपछि उपचारका लागि देउवा गत फागुन १३ गते सिंगापुर एयरलाइन्सबाट सिंगापुर गएका थिए ।

थप उपचारका लागि उनी २०८२ चैत ७ गते सिंगापुरबाट हङकङ पुगेका थिए । यसअघि साउन ५ गते बीपी स्मृति दिवसका अवसरमा जारी गरेको वक्तव्यमा देउवाले स्वास्थ्य उपचारपछि आफू चाँडै स्वदेश फर्किने बताएका थिए ।

ताजा खबर

सम्बन्धित खबर