२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

Nada
२०८३ साउन २४ गते ११:४०
Shares
तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

ncell

नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको  तीनबुँदे सहमतिअनुसार  मन्त्रिपरिषद् गठन हुने उनले बताए ।

मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तारबारे प्रदेशमा छलफल  जारी रहेको र सहमतिको चरणमा आफूहरू पुगेको बताए । उनले भने, “केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।”

सातै प्रदेशमा तीनबुँदे सहमतिअनुसार दुवै दल अघि बढ्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा केही समय लागेको उनको तर्क छ । मन्त्रिपरिषद् विस्तारमा केही समय लागे पनि सरकारी काम नरोकिएका उनले स्पष्ट पारे ।

नेकपा एमालेको समर्थनमा यही साउन १२ गते उनी मुख्यमन्त्री नियुक्त भएका हुन् ।

ताजा खबर

सम्बन्धित खबर