२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

सुनको मूल्य तोलामा चार हजार रुपैयाँले घट्यो

ADV
मध्यान्ह
२०८१ जेठ २७ गते ११:४९
सुनको मूल्य तोलामा चार हजार रुपैयाँले घट्यो

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज तोलामा चार हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला एक लाख ४१ हजार रुपैयाँ निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा एक लाख ४० हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेको छ । शुक्रबार तोलामा एक हजार नौ सय रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय २५ रुपैयाँ निर्धारण भएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise