२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

सीताराम दूधका उत्पादन अब अनलाइनबाट पनि किन्न पाइने

Nada
२०८३ साउन २४ गते २०:५१
Shares
सीताराम दूधका उत्पादन अब अनलाइनबाट पनि किन्न पाइने

काठमाडौं : सीताराम गोकुल मिल्क्सले उपभोक्तालाई थप सहज र आधुनिक सेवा प्रदान गर्ने उद्देश्यले नयाँ आधिकारिक वेबसाइट सीताराम दूध डटकम सञ्चालनमा ल्याएको छ । यसका साथै कम्पनीले आगामी एक साताभित्रै एन्ड्रोइड तथा आइओएस दुवै प्लेटफर्ममा उपलब्ध हुनेगरी आफ्नै मोबाइल एप पनि सार्वजनिक गर्ने घोषणा गरेको छ ।

ncell

कम्पनीको सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच कम्पनीका प्रबन्ध निर्देशक सुमित केडियाको अध्यक्षतामा उक्त डिजिटल प्लेटफर्मको आधिकारिक शुभारम्भ गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सार्वजनिक गरिएको नयाँ वेबसाइट र छिट्टै आउने मोबाइल एपले हाम्रा उपभोक्तालाई घरमै बसी–बसी शुद्ध दूध, घिउ, दही, पनिर, लस्सी, बटर तथा आइसक्रिमजस्ता उत्पादनको जानकारी लिन र अनलाइन अर्डर गर्न मद्दत पुर्‍याउनेछ ।’

प्लेटफर्ममा ग्राहकले सब्स्कृप्सन मोडलमार्फत पनि सामग्रीहरू खरिद गर्न मिल्ने बनाइएको छ । आधुनिक प्रविधिलाई ध्यानमा राख्दै निर्माण गरिएको यस प्लेटफर्ममा ई–सेवा, खल्तीजस्ता डिजिटल वालेटमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको कम्पनीले जनाएको छ । कम्पनीले आफ्ना गुणस्तरीय उत्पादनलाई छिटो र प्रभावकारी ढंगले उपभोक्ताको घरदैलोसम्म पु¥याउने डिजिटल डेलिभरी प्रणालीलाई प्राथमिकतामा राखेको छ, जसले ग्राहकलाई अझ सहज र उत्कृष्ट सेवाको अनुभव प्रदान गर्नेछ । 

ताजा खबर

सम्बन्धित खबर