२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

सुनसरी र सिरहा घटनाका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय 

एम्बुलेन्स र शव वाहनमा मूल्य अभिवृद्धि कर पूर्ण रूपमा छुट (थप निर्णयसहित)

Nada
२०८३ साउन २६ गते १६:५०
Shares
सुनसरी र सिरहा घटनाका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय 

काठमाडौँ : सरकारले सुनसरी र सिराहामा हालै भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । 

ncell

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरी जिल्लाका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्रकुमार मेहता र सिराहा जिल्लाका गणेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । 

गृह मन्त्रालयको प्रस्तावमा गरिएको यस निर्णयले पीडित परिवारलाई राहत र न्यायको अनुभूति गराउने सरकारको विश्वास छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय:

१. नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर मा पूर्ण रूपमा छुट प्रदान गर्ने ।

२. सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका ४ जना (सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्र कुमार मेहता र सिराहाका गणेश कुमार यादव) लाई शहीद घोषणा गर्ने।

३. पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने।

४.वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा निर्मल कुमार उप्रेती (बारा) लाई नियुक्ति गर्ने।

५. पूर्व महालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन २०८० सार्वजनिक गर्ने ।
 

ताजा खबर

सम्बन्धित खबर