
काठमाडौं : नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारमा भागबण्डाको आधार तय भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच गत साउन ९ गते भएको सत्ता सहकार्यको सहमति अनुसार मन्त्रालय भागबन्डाको सहमतिमा आज हस्ताक्षर भएको हो ।
मन्त्रालय बाँडफाँट गर्न सम्बन्धित प्रदेशको सिट संख्याको आधार मान्ने सहमति भएको हो । त्यस्तै मुख्यमन्त्री र सभामुखलाई पनि शक्ति सन्तुलनको आधारमा गणना गरिने सहमति भएको छ । पहिलो मन्त्रालय मुख्यमन्त्री नलिने दलले छनोट गर्ने, मन्त्रालय बाँडफाँटमा पलैपालो प्राथमिकता दिने व्यवस्था गर्ने दुई नेताबीच सहमति भएको हो ।

