२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

गरिमा सुवर्ण योजनाको नियमित बिक्री तथा अनलाइन कारोबार प्रणाली सञ्चालनमा

Nada
२०८३ साउन २६ गते १७:३१
Shares
गरिमा सुवर्ण योजनाको नियमित बिक्री तथा अनलाइन कारोबार प्रणाली सञ्चालनमा

काठमाडौं : गरिमा विकास बैंक लिमिटेडको प्रवर्धन तथा गरिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सामूहिक लगानी कोष 'गरिमा म्युचुअल फण्ड' अन्तर्गतको पहिलो खुलामुखी योजना 'गरिमा सुवर्ण योजना'को इकाईहरूको नियमित बिक्री, पुनर्खरिद तथा अनलाइन दर्ता एवं कारोबार प्रणाली सञ्चालनमा आएको छ । लगानीकर्ताहरूलाई सहज, सुरक्षित तथा प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यका साथ मंगलबारदेखि यो प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।

ncell

नयाँ सञ्चालनमा आएको अनलाइन प्रणालीमार्फत लगानीकर्ताहरूले इकाई खरिदका लागि आवेदन तथा रकम भुक्तानी, व्यवस्थित लगानी योजना दर्ता तथा यसको किस्ता भुक्तानी, लाभांश पुनःलगानी योजना दर्ता, प्रणालीको दर्ता, लगइन तथा प्रोफाइल व्यवस्थापन र इकाई पुनर्खरिद, व्यवस्थित लगानी योजना संशोधन तथा व्यवस्थित लगानी योजना रद्द गर्ने सुविधा डिजिटल माध्यमबाटै लिन सक्ने क्यापिटलले जनाएको छ ।

यी बाहेकका अन्य थप अनलाइन सुविधाहरू पनि क्रमशः परिमार्जन गर्दै थपिने योजना व्यवस्थापकले जनाएको छ ।

अनलाइन सुविधाका अतिरिक्त, लगानीकर्ताहरूले कमलपोखरी, काठमाडौंमा रहेको योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेडको कार्यालय तथा गरिमा विकास बैंक लिमिटेडका देशभर फैलिएका शाखा कार्यालयहरूमा भौतिक रूपमा उपस्थित भएर पनि योजनासँग सम्बन्धित सम्पूर्ण सेवाहरू प्राप्त गर्न सक्नेछन् ।

ताजा खबर

सम्बन्धित खबर