२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

१५औँ महाधिवेशन तयारीको जिम्मा शशांकलाई 

Nada
२०८३ साउन ३१ गते १५:०६
Shares
१५औँ महाधिवेशन तयारीको जिम्मा शशांकलाई 

काठमाडौँ : नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको राष्ट्रिय भेलाले पार्टीको १५औँ महाधिवेशन आयोजनाको तयारीसम्बन्धी जिम्मेवारी पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई दिएको छ ।

ncell

तीन दिनसम्म चलेको राष्ट्रिय भेलाको आइतबार सम्पन्न बैठकले महाधिवेशन तयारीको समन्वय डा। कोइरालाले गर्ने निर्णय गरेको हो ।

भेलाले १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिले नै आगामी १५औँ महाधिवेशन आयोजना गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

निर्णयसँगै आगामी महाधिवेशनका लागि आवश्यक संगठनात्मक तथा तयारीका काम अघि बढाउने जिम्मेवारी शशांक कोइरालालाई दिइएको हो ।
वर्तमान निर्वाचित नेतृत्वकै माध्यमबाट महाधिवेशन प्रक्रिया अघि बढाउने विषयमा भेलाले आफ्नो धारणा तय गरेको जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर