२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सानिमा बैंकका ग्राहकलाई रिभरसाइड रिसोर्टमा छुट

ADV
मध्यान्ह
२०८१ साउन ३० गते २१:१०
सानिमा बैंकका ग्राहकलाई रिभरसाइड रिसोर्टमा छुट

काठमाडौं : सानिमा बैंक र रिभरसाइड स्प्रिङ्स रिसोर्ट प्रालिबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न यो सम्झौता गरेको हो ।

सानिमा बैंकको सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ एप (क्युआर स्क्यान) प्रयोग गरी डिजिटल भुक्तानी गर्दा रिभरसाइड स्प्रिङ्स रिसोर्टका विभिन्न सेवाहरुमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा समेत उपलब्ध रहेको बैंकले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise