२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

राष्ट्र बैंकद्वारा आगामी मौद्रिक नीतिका लागि सुझाव माग 

ADV
मध्यान्ह
२०८१ जेठ २७ गते १५:५५
राष्ट्र बैंकद्वारा आगामी मौद्रिक नीतिका लागि सुझाव माग 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आइतबार एक सूचना जारी गर्दै सुझाव माग गरेको हो ।

राष्ट्र बैंकका अनुसार आगामी १६ असारभित्र राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा सुझाव पठाइ सक्नु पर्ने छ । संकलित सुझावपछि राष्ट्र बैंकले उपयुक्त ठानेका सुझावलाई मौद्रिक नीतिमार्फत सम्बोधन गर्दछ । राष्ट्र बैंकले १५ साउनभित्र मौद्रिक नीति ल्याउनेछ ।

देशको मूल्यवृद्धि नियन्त्रण, ब्याजदरको स्थायित्व, वित्तीय स्रोतको परिचालनका लागि मौद्रिक नीतिमार्फत व्यवस्था गरिन्छ ।

मौद्रिक नीति तर्जुमा कार्यविधि अनुसार आर्थिक वर्ष सकिएको १५ दिनभित्र वार्षिक नीति र त्रैमासिक तथा अर्धवार्षिक समीक्षा त्रैमास सकिएको ४५ दिनभित्र सार्वजनिक गर्ने व्यवस्था छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise