
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहभागी हुन निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय नेताहरू पनि पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका छन् ।
हालैको केन्द्रीय कार्यसम्पादन समिति बैठकले १४ औं महाधिवेशनका केन्द्रीय सदस्यलाई विशेष महाधिवेशनको केन्द्रीय सदस्य बराबर हैसियत दिने निर्णय गरेको थियो ।

यसअघि पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट नेताहरूले सभापति गगन थापासँग सहमति गरेरै बैठकमा सहभागी हुन गइरहेका छन् ।
देउवा समूहमा रहेका नेताहरू महालक्ष्मी डिना उपाध्यक्ष, मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, राजीवविक्रम शाह, ज्ञानेन्द्रबहादुर कार्की, मदनकृष्ण श्रेष्ठ, रामहरि खतिवडा, राधा घले, नैनसिंह महर, गोविन्द भट्टराई, जिपछिरिङ लामा, इश्वरी न्यौपाने, सरस्वती तिवारी, शान्ति बिक परियार, गणेश लामालगायत सानेपा पुगेका छन् ।






