२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

क्रान्तिशिखाविरुद्ध जेनजी शहीद परिवारले सिंहदरबार गेटअगाडि गरेको प्रदर्शनको रास्वपाद्वारा विरोध

Nada
२०८३ असोज १ गते १५:१६
Shares
क्रान्तिशिखाविरुद्ध जेनजी शहीद परिवारले सिंहदरबार गेटअगाडि गरेको प्रदर्शनको रास्वपाद्वारा विरोध

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिलाई लिएर जेनजी शहीद परिवारले सिंहदरबार गेटअगाडि गरेको प्रदर्शनको विरोध गरेको छ । 

ncell

प्रतिनिधिसभाको बिहीबारको बैठकमा पार्टी महामन्त्री विपिनकुमार आचार्यले विरोध जनाएका हुन् । उनले फरक विचार राखेकै आधारमा सांसदलाई धम्की दिने तथा हिंसात्मक गतिविधिको चेतावनी दिने कुरा कुनैपनि हालतमा स्वीकार्य हुन नसक्ने बताए ।

उनले अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको आधारभूत पक्ष भएको उल्लेख गर्दै फरक विचार राखेकै कारण सांसदविरुद्ध लतार्ने, घिसार्ने, घर जलाउने र रक्तपात मच्चाउनेजस्ता धम्की आउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको पनि बताए ।

उनले उक्त कार्यमा संलग्नलाई तत्काल कानुनी कारबाहीमा ल्याउन आफूले गृह मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयलाई अनुरोध गरिसकेको पनि सदनलाई जानकारी गराए । उनले तथ्यमा आधारित भएर बोल्ने सांसदलाई संसद्ले निर्भिक भएर आफ्नो धारणा राख्ने वातावरण बनाउनुपर्नेमा समेत जोड दिए ।

यसअघि गत २३ भदौमा जेनजी शहीद स्मृति दिवसको अवसरमा आयोजिक कार्यक्रमलाई लिएर सचेतक धितालले प्रश्न उठाएकी थिइन् । धितालको उक्त अभिव्यक्तिले जेनजी शहीदको अपमान भएको भन्दै शहीद परिवारले सिंहदरबार अगाडि प्रदर्शन गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर