२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

नेकपाले बोलायो केन्द्रीय संयोजन समिति बैठक

Nada
२०८३ असोज ४ गते १४:१६
Shares
नेकपाले बोलायो केन्द्रीय संयोजन समिति बैठक

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले रसुवामा आएको बाढी पहिरोपछि उद्धार, राहत तथा पुन:स्थापनामा सरकारले गरेको कामको समीक्षा गर्न केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ ।

ncell

पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार मंगलबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने गरी बैठक आह्वान गरिएको हो ।

बैठकमा रसुवाको बाढी पहिरोपछि उत्पन्न अवस्थाबारे विस्तृत छलफल हुने उनले जानकारी दिए । विपद्पछि सरकारले अघि बढाएका उद्धार, राहत तथा पुन:स्थापनाका काम, त्यसमा पार्टीले निर्वाह गरेको भूमिका र आगामी दिनमा पार्टीले खेल्नुपर्ने भूमिकाबारे बैठकमा समीक्षा गरिनेछ ।

त्यस्तै, विपद् व्यवस्थापनका सन्दर्भमा सरकारलाई दिनुपर्ने सुझावका विषयमा पनि बैठकमा छलफल हुने प्रवक्ता ज्वालाले बताए ।

बाढी पहिरो प्रभावितको उद्धार, राहत र पुन:स्थापनामा सरकारको कामको मूल्यांकन गरी आवश्यक विषयमा सरकारको ध्यानाकर्षण गराउने पार्टीको तयारी रहेको उनले जानकारी दिए ।

बैठकमा विपद्सँग सम्बन्धित विषयबाहेक पार्टीका आन्तरिक संगठनात्मक सवाल र पछिल्लो राष्ट्रिय राजनीतिक अवस्थाबारे समेत छलफल हुने भएको छ ।

प्रवक्ता ज्वालाका अनुसार बैठकबाट प्राप्त निष्कर्षका आधारमा पार्टीले सरकारलाई आवश्यक सुझाव दिनेछ । प्रभावित नागरिकको राहत तथा पुन:स्थापनालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउने विषयलाई बैठकले प्राथमिकतामा राख्नेछ ।

ताजा खबर

सम्बन्धित खबर