२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन

Nada
२०८३ असोज ४ गते १४:५४
Shares
एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन

काठमाडौं : नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले सर्वसम्मत प्रतिवेदन तयार गरेको छ । कार्यदलले तयार गरेको प्रतिवेदन आइतबार बस्ने पार्टी सचिवालय बैठकमा पेस गर्ने निर्णय गरेको हो ।

ncell

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सचिव पद्मा अर्यालले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका विषयमा कार्यदलमा गम्भीर छलफल भएको बताइन् ।

उनकाअनुसार बदलिँदो जनताको मनोविज्ञान, पार्टीले सामना गरिरहेका चुनौती तथा एमालेलाई एकताबद्ध बनाएर अघि बढाउने विषयमा छलफल गरिएको थियो । कार्यदलमा आएका विभिन्न सुझावलाई खुला रूपमा छलफल गरी साझा प्रतिवेदन तयार गरिएको उनले बताइन् ।

कार्यदलमा यसअघि विभिन्न नेताका छुट्टाछुट्टै प्रतिवेदन रहेको चर्चा भएपनि ती अलग-अलग प्रतिवेदन नभई मस्यौदा मात्र भएको अर्यालले स्पष्ट पारिन् । उनकाअनुसार कार्यदलका संयोजक तथा एमाले उपाध्यक्ष रामबहादुर थापाले बैठकमा पेस गरेको मस्यौदामा आवश्यक थपघट तथा परिमार्जन गरी सर्वसम्मत रूपमा साझा प्रतिवेदन तयार गरिएको हो । अर्यालले प्रतिवेदनमा नेतृत्व पुनर्गठन वा नेतृत्व परिवर्तनको विषय समावेश नगरिएको स्पष्ट पारिन् । 

उनले कार्यदलले तयार गरेको प्रतिवेदनलाई कुनै एक नेताको मात्र प्रतिवेदनका रूपमा बुझ्न नहुने बताइन् । संयोजक बादलले मस्यौदा पेश गरे पनि छलफल र परिमार्जनपछि त्यसलाई कार्यदलको साझा दस्तावेजका रूपमा तयार गरिएको उनको भनाइ छ । अर्यालकाअनुसार कार्यदलले तयार गरेको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको हो ।

ताजा खबर

सम्बन्धित खबर