
काठमाडौं : जनमत पार्टीको अध्यक्षमा डा. सिके राउत पुनः निर्विरोध भएका छन् । पार्टीको दोस्रो महाधिवेशनका लागि अध्यक्ष पदमा राउतको मात्र उम्मेदवारी परेपछि उनी पुनः अध्यक्ष हुने निश्चित भएको हो ।
असोज ९ गतेदेखि सुरु हुने महाधिवेशनका लागि असोज १ गते उम्मेदवारी दर्ता भएको थियो । विभिन्न पदमा १०३ जनाले उम्मेदवारी दिएकामा अध्यक्ष पदमा राउतको मात्र उम्मेदवारी परेको जनमत पार्टीका निवर्तमान महासचिव चन्दन सिंहले बताए । एकभन्दा बढी उम्मेदवारी परेको पदमा चुनाव हुनेछ । यद्यपि चुनावमा जानुअघि सहमतिको प्रयास भइरहेको सिंहले बता ए।
अध्यक्षसहित अन्य पदाधिकारीको प्रक्रियागत आधिकारिक घोषणा असोज १० गते हुने उनले बताए । जनमत पार्टीको दोस्रो महाधिवेशन पर्साको वीरगञ्जमा असोज ९ र १० गते हुँदैछ।