२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

नेपाली महिला कबड्डी टोलीको पहिलो जित

Nada
२०८३ असोज ६ गते ११:४९
Shares
नेपाली महिला कबड्डी टोलीको पहिलो जित

टोकियो : गत संस्करणको कांस्य पदक विजेता नेपालले जापानमा जारी २० औं एशियाली खेलकुदको महिला कबड्डीमा मंगलवार थाइल्यान्डमाथि रोमाञ्चक जितसहित सुरुवात गरेको छ । 

ncell

नेपाली महिला टोली चीनमा भएको गत संस्करणको १९ औं एशियाली खेलकुदको काँस्य विजेता हो । अपेक्षा गरिएको खेलमध्ये एक नेपाली महिला कबड्डी टोलीले उत्कृष्ट पुनरागमन जितसँगै एसियाली खेलकुदको सुरुवात गरेको छ । टोकाई सिटिजेन जिम्नाजियममा मंगलवार भएको समूह ‘बी’ को खेलमा नेपालले थाइल्यान्डलाई ४६–४३ ले हरायो । पहिलो हाफमा १५–२४ ले पछि परेको नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै तीन मिनेट बाँकी छँदा पुनरागमन गरेको हो । 

नेपालले ३९–३९ को बराबरीमा भेट्टायो । त्यसपछि लगातार अंक जोड्दै नेपालले अग्रता लियो । दोस्रो हाफमा नेपालले थाइल्याण्डलाई दुईपल्ट अलआउट गर्न सफल भयो । 

त्यसअघि पहिलो हाफमा नेपाल पनि दुई पल्ट अलआउट भएको थियो । नेपालको जितमा रबिना चौधरीले उत्कृष्ट प्रदर्शन गरिन् । नेपालले अब बुधवार चाइनिज ताइपेइसँग खेल्नेछ । चार टोली रहेको समूह ‘बी’ का शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । समूहमा नेपाल, थाइल्यान्ड, श्रीलंका र चाइनिज ताइपेइ छन् । 

ताजा खबर

सम्बन्धित खबर