
काठमाडौं : गत भदौ १० को बाढीमा प्रभावितहरूलाई नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले राहत सामग्री वितरण गरेको छ । नाडाले नुवाकोट, टिमुरे र रसुवामा गएको भीषण बाढीबाट पीडित नागरिकका लागि विभिन्न राहत सामग्री हस्तान्तरण गरेको हो ।
कोषाध्यक्ष पंकज अग्रवाल तथा सहकोषाध्यक्ष नीलमणि पाठकको नेतृत्वमा गएका नाडा प्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालय नुवाकोटसँगको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालय, नुवाकोटलाई नाडाले हस्तान्तर गरेको हो ।
यसअघि नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको नाडा प्रतिनिधिमण्डलले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी १० लाख रुपैयाँ नगद सहयोग गरेका थिए ।