२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

जेनजी आन्दोलनका अपराधी समाउन नसके कुर्सी छोड्नुस् : ज्ञानबहादुर शाही

Nada
२०८३ असोज ६ गते १५:४६
Shares
जेनजी आन्दोलनका अपराधी समाउन नसके कुर्सी छोड्नुस् : ज्ञानबहादुर शाही

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले जेनजी आन्दोलनका अपराधीहरूलाई कारबाही किन नगरेको भन्दै प्रश्न गरेका छन् । 

ncell

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जेनजी आन्दोलनका अपराधीहरूलाई कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेको ६ महिना बितिसक्दा पनि किन पक्राउ नगरिएको भन्दै सरकारलाई प्रश्न गरेका हुन् ।

अपराधी समाउन नसके कुर्सी छोड्न आग्रह गरे । उनले भोटेकोशी बाढीका कारण सुरुङ दुर्घटनामा फसेका नागरिकहरूको उद्धारमा राज्यले चरम ढिलासुस्ती गरेको भन्दै आपत्ति जनाए । उनले राज्यको स्रोत र साधनको पहुँच हुँदाहुँदै पनि उद्धारमा भएको सात दिनको ढिलाइले बाँच्न सक्ने नागरिकको ज्यान गएको भन्दै यसलाई राज्यद्वारा गरिएको ‘हत्या’ को संज्ञा दिए । 

उनले भने, ‘म सरकारलाई एउटा प्रश्न गर्न चाहन्छु, तपाईँकै सत्तापक्ष पार्टीकी सांसद हुनुहुन्छ, जेनजी आन्दोलनको आमा अहिले रुनुभयो संसदमा । तपाईँले सरकार चलाएको ६ महिना भयो । राष्ट्रिय मानव अधिकार आयोगले कोको दोषी हुन् भनेर प्रमाणपत्र बुझाएको तपाईंलाई आज ६  महिना भयो । अपराधीलाई आजसम्म किन पक्रिनुभएको छैन ? यदि पक्रिन सक्नुहुन्न भने यो सत्ताको कुर्सीमा किन बसिराख्नुभएको छ ? यो प्रश्न ती आमाको आँखाको आँशु पुछ्नुस् । जेनजी आन्दोलनमा जो जो अपराधी छन्, चाहे सत्तापक्षका हुन्, चाहे प्रतिपक्षका हुन्, यिनलाई समाउँदै जेल हाल्नुस् । ’

सांसद शाहीले राज्यसँग खरबौँको बजेट र सुरक्षा जनशक्ति भएपनि नागरिकको जीवन बचाउन नसक्नु लज्जास्पद भएको टिप्पणी गरे । 

ताजा खबर

सम्बन्धित खबर