२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

कांग्रेस महाधिवेशन : १८ वर्षीया सुप्रिया कार्की क्षेत्रीय प्रतिनिधिमा चयन

Nada
२०८३ असोज ६ गते १७:१२
Shares
कांग्रेस महाधिवेशन : १८ वर्षीया सुप्रिया कार्की क्षेत्रीय प्रतिनिधिमा चयन

धनुषा : नेपाली कांग्रेसको वडा अधिवेशनबाट धनुषाकी १८ वर्षीया युवती सुप्रिया कार्की क्षेत्रीय प्रतिनिधिमा चयन भएकी छन् ।

ncell

धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत मिथिला नगरपालिका–११ मा असोज ४ गते सम्पन्न वडा अधिवेशनबाट कार्की सर्वसम्मत रूपमा चयन भएकी हुन् । उनी हाल बिआइटी अध्ययनरत छिन् ।

कार्की सम्भवत: मुलुककै सबैभन्दा कम उमेरमा क्षेत्रीय प्रतिनिधि बन्ने युवती हुन् । हाल उनी १८ वर्ष ४ महिनाकी मात्र रहेको बताइएको छ ।

नेपाली कांग्रेसले युवालाई प्राथमिकतामा राख्दै आएको सन्दर्भमा यस्तो प्रतिनिधित्वले युवामाझ पार्टीप्रतिको आकर्षण बढ्दै गएको विश्लेषण गरिएको छ ।

नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कार्यतालिका रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर