
सर्लाही : सर्लाहीको हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ८९ करोड ८ लाख ६२ हजार ६२५ रुपैयाँ बराबरको कारोबार गरेको छ ।
संस्थाको २७औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको हो । साधारण सभामा संस्थाका प्रबन्धक रवीन्द्र रानाले चालु आर्थिक वर्षमा उक्त कारोबार भएको जानकारी दिए ।
संस्थाका अध्यक्ष केशव ढकालका अनुसार सोही अवधिमा संस्थाले २ करोड ३४ लाख ४६ हजार ३० रुपैयाँ खुद नाफा आर्जन गरेको छ । २०५७ सालमा सर्लाहीको हरिवनमा स्थापना भएको संस्थामा हाल १४ हजार १२६ जना शेयर सदस्य रहेका छन् । वार्षिकोत्सव तथा वार्षिक साधारण सभाको अवसरमा संस्थाले रक्तदान कार्यक्रमसमेत आयोजना गरेको थियो ।