२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

इनड्राइभले  दियो १५ सय राइडरलाई सेफ ड्राइभिङ तालिम

Nada
२०८३ असोज ६ गते २१:४२
Shares
इनड्राइभले  दियो १५ सय राइडरलाई सेफ ड्राइभिङ तालिम

काठमाडौं : इनड्राइभले नेपालमा सञ्चालन गरेको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सयभन्दा बढी ड्राइभर पार्टनरलाई सेफ ड्राइभिङ अनलाइन कोर्समार्फत तालिम दिएको छ । ड्राइभर पार्टनरहरूमा सडक सुरक्षा, व्यावसायिक आचरण तथा आपत्कालीन परिस्थितिमा अपनाउनुपर्ने सुरक्षाका उपायबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको थियो ।

ncell

मोबाइलबाटै सहज रूपमा पूरा गर्न सकिनेगरी तयार गरिएको यो अनलाइन कोर्सले ड्राइभर पार्टनरलाई सुरक्षित रूपमा सवारी सञ्चालन गर्न, यात्रुसँग व्यावसायिक व्यवहार कायम राख्न तथा यात्राका क्रममा आइपर्न सक्ने विभिन्न परिस्थितिलाई प्रभावकारी रूपमा सम्हाल्न आवश्यक व्यावहारिक जानकारी प्रदान गर्छ । 

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जिमी राईले भनिन्, ‘१५ सयभन्दा बढी ड्राइभर पार्टनरले कोर्स पूरा गरी प्रमाणपत्र प्राप्त गर्नु हाम्रा लागि महत्त्वपूर्ण उपलब्धि हो । ड्राइभरहरू दिनको धेरै समय सडकमा बिताउँछन् र प्रत्येक दिन विभिन्न परिस्थितिको सामना गर्छन् । त्यसैले उनीहरूलाई व्यवहारमा उपयोगी हुने सुरक्षासम्बन्धी जानकारी उपलब्ध गराउनु अत्यन्त महत्त्वपूर्ण छ । यस कोर्समार्फत हामी हाम्रा ड्राइभर पार्टनरलाई सेवा प्रदान गर्ने क्रममा अझ आत्मविश्वासी, सचेत र तयार बनाउन चाहन्छौं । एप प्रयोग गर्दा ध्यान दिनुपर्ने विषयसँगै आफ्नो दैनिक काम कसरी पूर्ण रूपमा सुरक्षित र सतर्क भएर गर्न सकिन्छ भन्नेबारे पनि कोर्सले आवश्यक जानकारी प्रदान गर्छ ।’

इनड्राइभ नेपालकी कम्युनिकेसन्स म्यानेजर मञ्जिता गुरुङले भनिन्, ‘ड्राइभर पार्टनरले आफ्नो नियमित कामबाट धेरै समय छुट्याउनु नपरोस् भन्ने उद्देश्यले कोर्सलाई सरल, छोटो र सहज रूपमा तयार गरिएको हो । हामीले प्राप्त गरेको प्रतिक्रियाले व्यावहारिक र सजिलै बुझ्न सकिने सुरक्षा तालिमले ड्राइभरहरूको दैनिक कार्यशैलीमा सकारात्मक प्रभाव पार्न सक्ने देखाएको छ ।’

सम्बन्धित खबर