२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

नेप्से परिसूचक ३६ अंकले घट्यो

Nada
२०८३ असोज ७ गते १६:०५
Shares
नेप्से परिसूचक ३६ अंकले घट्यो

काठमाडौं : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६ दशमलव २५ अंकले  घटेर दुई हजार ६१८ दशमलव ०३ मा पुगेको छ । 

ncell

ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३३ अंकले घटेर ४६७ दशमलव ४६ मा पुगेको छ । त्यसैगरी फ्लोट सूचक दुई दशमलव ६० अंकले घटेर १८० दशमलव ३९ मा पुगेको छ । 

सेन्सेटिभ फ्लोट सूचक दुई दशमलव १९ अंकले   घटेर १५७ दशमलव ८० मा पुगेको छ । विभिन्न कम्पनीका दुई करोड १६ लाख २२ हजार ७२८ कित्ता सेयर रु छ अर्ब ३५ करोड ६६ लाख ११ हजार ३९५ मूल्यमा खरिद बिक्री भएको छ । १३ वटै उपसमूह घटेको छ । 

आज २३ कम्पनीको सेयर बढ्यो भने २५३ कम्पनीको सेयर घट्यो । त्यसैगरी दुई कम्पनीको सेयर स्थिर रह्यो । नेप्सेका अनुसार धौलागिरी लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त संस्था र निफ्रा ग्रीन डिबेञ्चरलगायत लगानीकर्ताले कमाएका छन् भने फष्ट माइक्रो फाइनान्स लघुवित्त, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट, कालिका लघुवित्त वित्तीय संस्थालगायतका लगानीकर्ताले गुमाएका छन् ।

ताजा खबर

सम्बन्धित खबर