२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

एमालेमा बहुआयामिक पुनर्गठनको प्रस्ताव, ओलीलाई राजीनामा दिन आग्रह

Nada
२०८३ असोज ७ गते १९:११
Shares
एमालेमा बहुआयामिक पुनर्गठनको प्रस्ताव, ओलीलाई राजीनामा दिन आग्रह

काठमाडौं : नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीमा नीति, नेतृत्व र कार्यशैली सुधारसहित ‘बहुआयामिक पुनर्गठन’ प्रस्ताव अघि सारेका छन् ।

ncell

केन्द्रीय कमिटी बैठकमा लिखित धारणा प्रस्तुत गर्दै भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्मानजनक रूपमा बिदाइ लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । उनले तत्काल राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक र विधान महाधिवेशन बोलाउनुपर्ने बताएका छन् ।

भट्टराईले पदाधिकारीमा अधिकतम दुई कार्यकाल र ७० वर्षे उमेरहद पुनः लागू गर्न, गुटबन्दी तथा नातावाद अन्त्य गरी योग्यता र कार्यक्षमताका आधारमा जिम्मेवारी बाँडफाँट गर्नुपर्ने प्रस्ताव पनि गरेका छन् ।

त्यस्तै, भदौ २३–२४ का घटनाबारे पार्टी र तत्कालीन सरकारको कमजोरीप्रति आत्मालोचना गर्दै निष्पक्ष छानबिनका लागि बहालवाला सर्वोच्च अदालतका न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर