२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

कांग्रेस महाधिवेशन : सबै पालिकामा सर्वसम्मत हुँदा मानेभञ्जयाङमा किन हुँदैछ चुनाव ? 

Nada
२०८३ असोज ७ गते २१:०७
Shares
कांग्रेस महाधिवेशन : सबै पालिकामा सर्वसम्मत हुँदा मानेभञ्जयाङमा किन हुँदैछ चुनाव ? 

ओखलढुंगा : नेपाली कांग्रेस १५औं महाधिवेशन अन्र्तगत बुधबार भएको पालिका स्थतरिय अधिवेशनमा ओखलढुंगाका आठमध्ये सातवटा पालिकामा सर्वसम्मतिमा नेतृत्व चयन भएका छन् । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका बाहेक सबै वडा तथा पालिकामा सर्वसहमतिमा नेतृत्व चयन भएका हुन् । 

ncell

मानेभञ्ज्याङ भने विवाद भएको छ । जिल्लाकै शीर्ष नेतृत्व कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वसांसद रामहरि खतिवडाको गृहपालिका खतिवडाले उनकै स्वकिय सचिव हुकुम राइलाई उम्मेदवार बनाएका छन् । अर्का उम्मेदवार वडा नम्बर ७ टोक्सेलका वडा अध्यक्ष विष्णु गौतमले सभापति पदमा मनोनयन दर्ता गराएका छन् । गौतम गत निर्वाचनमा उम्मेदवार बनेका नेता कुमार लुईटेल निकट हुन् । खतिवडा र लुईटेलबीचको टकरावले मानेभञ्ज्याङ गाउँपालिकामा मतदानको अवस्था आएको हो ।   

सबै स्थानीय तहमा मिलाउदा खतिवडाले आफ्नै पालिकामा मिलाउन नसकेको क्षेत्री प्रतिनिधिहरुले गुनासो गरेका छन् । क्षेत्रीय प्रतिनिधिहरु र पालिकाका धेरैजसो नेताहरुले सर्वसहमतिमै नेतृत्व चयन गर्ने प्रयत्न गरिरहेपनि खतिवडाले भए आफ्नो उम्मेदवारका नाममा सहमति नभए मतदानमा लैजाने र आन्तरिक असमझदारी बढाउन लागेको स्थानीय नेताहरुले आरोप लगाएका छन् । यद्यपि खतिवडा पक्षका नेताहरुले भने सर्वसहमतिका लागि हदैसम्मको प्रयास गरेपनि नमिलेपछि लोकतान्त्रीक प्रक्रियामा जाने विषयमा खुला हुनुपर्ने बताएका छन् । 

अर्का प्रत्यासी राममणी राईले सहमतिका लागि उम्मेदवारी फिर्ता गरेका छन् । खतिवडा र लुईटेलबीच संवादबाट विवाद मिलाउन चाहादा अझै मिल्ने सम्भावना रहेको क्षेत्रीय प्रतिनिधिहरुको भनाई छ । दुईवटा उम्मेदवारबीच प्रतिस्पर्धा हुने पक्का भएपछि भोली विहानबाट मतदानको आवश्यक तयारी गरिएको निर्वाचन समितिले जनाएको छ ।  

सर्वसहमतिमा नेतृत्व चयन भएका खिजीदेम्बा गाउँपालिका सभापतिमा मानबहादु महतरा, मोलुङमा फणिन्द्र ढकाल, सिद्धिचरण नगरपालिकामा निवन्ध श्रेष्ठ, लिखु गाउँपालिका गोपाल खड्का, सुनकोशी गाउँपालिकामा विष्णु आलेमगर, चम्पादेवी गाउँपालिकामा विष्णु पुलामी मगर, चिशंगुगढी गाउँपालिकामा रामचन्द्र कार्की सभापति भएका छन् । सबै स्थानीय तहमा सर्वसहमतिमा नेतृत्व चयन भएपनि मानेभञ्ज्याङमा मतदान हुने भएपछि पूर्वसांसद खतिवडाको भूमिकामाथि प्रश्न उठेको छ ।

ताजा खबर

सम्बन्धित खबर