२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

पोखरा–दुबई उडान सुरु

Nada
२०८३ असोज ८ गते ०६:१५
Shares
पोखरा–दुबई उडान सुरु

पोखरा : फ्लाई दुबईको जहाज बोइङ ७३७ म्याक्स ८ ले पोखरामा उडान भरेपछि पर्यटन प्रवर्धनसँगै त्यस क्षेत्रबाट वैदेशिक रोजगारीमा जानेहरू हर्षित भएका छन् ।

ncell

दुबईबाट ९९ जना यात्रु लिएर बुधबार पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाज १४६ जना यात्रु लिएर साँझ ७ः१५ बजे फर्केको छ । फ्लाई दुबईमा सन् २०२२ देखि कार्यरत नेपाली पाइलट सर्वजित यादवले उक्त जहाज पोखरा ल्याएका हुन् ।

पोखराबाट उडान भर्नेमा ठुलो संख्यामा वैदेशिक रोजगारीमा जाने श्रमिकहरू रहेका थिए । उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बिदाइ गरे ।

नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीलाई आकर्षित गर्न यस विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छुट दिने निर्णय गरेको छ । २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिइएको छ ।

यसअघि जजिरा विमानले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा प्रारम्भ गरेको उडान यात्रु अभावमा रोकेको थियो । पोखरामा फ्लाई दुबईको उडानलाई स्थायित्व दिन पोखराका होटल तथा रेस्टुराँ व्यवसायीले पनि छुट योजना ल्याएका छन् ।

सम्बन्धित खबर