२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

ईशनाथमा कांग्रेस अधिवेशन विवादित, सभापति चयन प्रक्रियामाथि प्रश्न

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ असोज ९ गते १६:५५
Shares
ईशनाथमा कांग्रेस अधिवेशन विवादित, सभापति चयन प्रक्रियामाथि प्रश्न

रौतहट : नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत रौतहट क्षेत्र नम्बर–२ को ईशनाथ नगरपालिकामा सम्पन्न नगर अधिवेशन सभापति चयन प्रक्रियाकै कारण विवादित बनेको छ ।

ncell

अधिवेशनका क्रममा निष्पक्षता, पारदर्शिता र लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाउँदै असन्तुष्ट पक्षले प्रक्रियामाथि गम्भीर आपत्ति जनाएको छ । उनीहरूले कार्यकर्ताको भावना बेवास्ता गर्दै एकलौटी निर्णय लादिएको तथा पारिवारिक प्रभाव हाबी भएको आरोप लगाएका छन् ।

स्थानीय स्रोतका अनुसार नेतृत्व चयन प्रक्रियामा विधि र मापदण्ड मिचिएको भन्दै विवाद चर्किएको हो । यसक्रममा पार्टीभित्र निष्पक्ष नेतृत्व चयन र कार्यकर्ताको सम्मान सुनिश्चित हुनुपर्ने आवाजसमेत उठेको छ ।

विवादकै बीच रहिस मिया नगर सभापतिमा चयन भएको घोषणा भएपछि असन्तुष्टि थप बढेको बताइएको छ । प्रतिनिधित्वको विषयबाट सुरु भएको मतभेद चर्किँदै जाँदा नेता–कार्यकर्ताबीच भनाभन, गालीगलौज र केही स्थानमा झडपजस्तो अवस्था सिर्जना भएको चर्चा स्थानीय तहमा छ ।

असन्तुष्ट समूहले सम्पूर्ण चयन प्रक्रियालाई पुनः निष्पक्ष, पारदर्शी र वैधानिक ढंगले अघि बढाउन माग गरेका छन् । साथै, पार्टीभित्र देखिएको एकलौटी प्रवृत्ति र दबाबमूलक शैलीप्रति समेत उनीहरूले आपत्ति जनाएका छन् ।

अधिवेशनका क्रममा स्थानीय नेता कार्यकर्ताबीच हातपातसमेत भएको थियो ।

No description available.

ताजा खबर

सम्बन्धित खबर