
क्वालालम्पुर : मलेसियाको मेलाका अध्यागमन विभागले आफूलाई वरिष्ठ अध्यागमन अधिकारी भन्दै विदेशी नागरिकलाई वर्क पर्मिट मिलाइदिने बहानामा ठगी गरेको आरोपमा करिब ५० वर्षीया एक महिलालाई पक्राउ गरेको छ ।
६ हजार रिंगेट लिएर वर्क पर्मिट मिलाइदिने भन्दै ठगि गरेको आरोपमा ती महिला पक्राउ परेको विभागले जनाएको छ । उनको साथबाट अध्यागमन विभागको पोसाक, अधिकारीको दर्ज्यानी चिह्न, जेआइएम ब्याज र नक्कली अध्यागमन परिचयपत्र बरामद गरिएको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा कम्तीमा तीन जना ठगीमा परेको आशंका गरिएको छ । ती महिलाले विगत दुई वर्षदेखि यस्तो गतिविधि गर्दै आएको बताइएको छ ।
वर्क पर्मिट, पास नवीकरण वा अध्यागमनसम्बन्धी अन्य कामका लागि अनधिकृत व्यक्तिलाई रकम नदिन र लेसियामा रहेका नेपाली कामदार समेत सचेत रहनुपर्ने देखिएको छ ।