२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

कांग्रेसले विधान संशोधन गर्ने

Nada
२०८३ असोज १९ गते १२:५७
Shares
कांग्रेसले विधान संशोधन गर्ने

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको विधानमा व्यापक संशोधन गर्ने निर्णय गरेको छ । सोमबार खुलामञ्चमा बसेको बैठकले पार्टी संरचना, सदस्यता प्रणाली र नेतृत्व चयन प्रक्रियालाई थप समावेशी तथा व्यवस्थित बनाउने प्रस्ताव पारित गरेको हो ।

ncell

प्रस्तावअनुसार सभापतिसहित एक वरिष्ठ उपसभापति, तीन उपसभापति र तीन महामन्त्री रहने व्यवस्था गरिनेछ । ११ जना सहमहामन्त्री निर्वाचित र चार जना मनोनीत गर्ने प्रस्ताव गरिएको छ। प्रदेश, जिल्ला तथा तल्ला तहका संरचनामा पनि महिला र विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

त्यस्तै, ‘गभर्नेन्स इन्स्टिच्युट’, ‘निर्वाचन ब्युरो’, ‘विज्डम काउन्सिल’ र ‘कांग्रेस युवा परिषद्’ गठन गर्ने प्रस्ताव गरिएको छ । क्रियाशील सदस्यता प्रत्येक दुई वर्षमा नवीकरण गर्नुपर्ने र सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने व्यवस्था पनि प्रस्तावमा समेटिएको छ ।

केन्द्रीय समितिबाट पारित प्रस्ताव अब महाधिवेशनको बन्दसत्रमा प्रस्तुत हुनेछ । बन्दसत्रबाट पारित भएपछि मात्रै संशोधित व्यवस्था कार्यान्वयनमा जानेछ ।

ताजा खबर

सम्बन्धित खबर